बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

पूर्व मेयर द्वारिकलाल चौधरीलाई दियो माओवादीले प्रदेश टिकट



विराटनगर । नेकपा माओवादी केन्द्रले इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरीलाई प्रदेशसभा सदस्यको टिकट दिएको छ । सत्तारुढ गठबन्धनको भागवण्डामा सुनसरी क्षेत्र नम्बर २ को ‘क’ माओवादीले पाएको थियो ।

माओवादीले त्यो क्षेत्रमा चौधरीलाई टिकट दिइएको हो । सुनसरीका पूर्वअध्यक्ष समेत रहेका चौधरीले नेकपा एमाले परित्याग गरी गत आइतबार मात्र माओवादी प्रवेश गरेका थिए ।

सुनसरी २ को क बाट चौधरीले टिकट पाउँदा क्षेत्र नम्बर ‘३ को क बाट सरस्वती पोखरेलले टिकट पाएकी छन् । पोखरेल प्रदेश १ को निवर्तमान उपसभामुख हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ६ : ०० बजे