चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

समानुपातिक उम्मेदवारको बन्दसूचीको सूचना आज प्रकाशन गरिँदै



काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना आज प्रकाशन गरिँदै छ ।

निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिई सोबारे सम्बन्धित दललाई जानकारी दिइ सकिएको छ ।

यही असोज २० देखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिँदा रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने कार्यक्रम रहेको छ । आजै ३ देखि ५ बजेसम्म सूची प्रकाशन गरिने छ ।

पहिलो निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १ : ११ बजे