२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

माओवादी अध्यक्ष प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बन्ने



काठमाण्डौ। नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार साँझ अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० वाट पराजित हुदाँ सिरहा–५ वाट बिजयी भएका थिए भने २०७४ मा चितवन–३ वाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने काठमाडौं–२ वाट उम्मेदवार हुन लागेको हुन ।

बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ वाट निर्वाचन नलडने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । माओवादी अध्यक्ष प्रचण्डले चारवटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड बनाएका छन ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : २८ बजे