बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

काँग्रेस नेतृ भट्टद्वारा चुनाव लड्ने घोषणा



काठमाडौं । सत्ता गठबन्धनबाट गोरखाको निर्वाचन क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने भएपछि नेपाली कंग्रेसकी नेतृ माधवी भट्ट पराजुलीले उनको विरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाइ राख्दै जिल्लाको विकास निर्माण र द्वन्द्वकालीन अपराधका विषय मुख्य मुद्दा बनाउने घोषणा गरेकी हुन् ।

उनले आफ्ना बाबु रोहिणी भट्टको २००४ सालदेखिको त्याग तपस्या र बलिदानी भएको कारणले आफूले उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन लागेको उनले उल्लेख गरेकी छिन् ।

गलत कामको विरुद्ध बोल्न नसक्नेहरू कार्यकर्ता होइनन् दास हुन् भन्ने विपी कोइरालाको भनाइ बमोजिम नै आफू पार्टीको दास नभइ कार्यकर्ता बनेर उम्मेदवारी दिन लागेको उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : १२ बजे