श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

बर्दियाको जब्दीघाटको पुल बाढीले बगायो



बर्दिया । मङ्गलबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ ।

बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्ष अघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बिच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो ।

केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बिच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ०५ बजे