श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

अधिकारकर्मी कमल सुवेदीद्वारा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं । युवा अधिकारकर्मी कमल सुवेदीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले दाङको क्षेत्र नं ३ बाट आफ्नो उम्मेवारी घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेवारी घोषणा गरेका सुवेदी राष्ट्रिय युवा गैसस महासंघ नेपालको संस्थापक केन्द्रीय अध्यक्ष एवं सामुदायिक रेडियो हापुरेका संस्थापक अध्यक्ष हुन् ।

उनको आमाको स्मृतिमा स्थापित विष्णुदेवी फाउण्डेशनले दाङ जिल्लामा ऐम्बुलेन्स सञ्चालन र विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशात्रमा स्नातकोत्तर गरेका सुबेदीले सेन्ट फ्रान्सिस जेभियर युर्निभरसिटी क्यानडाबाट डेभलप्मेन्ट लिडरसिप कोर्समा डिप्लोमा गरेका छन् ।

उनले युवा उद्यमशिलता, रोजगारी, दिगो विकास, जैविक विविधता, जलवायु परिर्वतन एवं वातावरण संरक्षण तथा विपद् व्यवस्थापन मुद्दामा राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका रहेर काम गरेका छन् । राज्यका नीति निर्माण एवं नेतृत्व तहमा युवाहरुको अर्थपूर्ण एवं सार्थक सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न राजनीतिमा होमिएको सुवेदी बताउछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : ४० बजे