चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज (बिहीबार) बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने जनाइएको छ ।

बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन । तर, यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

उम्मेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : १२ बजे