३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

सल्यान जीप दुर्घटना अपडेट : आठ जनाको मृत्यु



सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मुलपानीमा आज बिहान साढे तीन बजे बाँके कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परि जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङका २१ वर्षीय जित बहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोप बहादुर ओली, उहाँको ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ३७ बजे