बैशाख ६, २०८१ बिहिबार Fri Apr 19 2024

नेपाल विद्युत प्राधिकरणद्वारा कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप(आइल्यान्डमा वत्ति जडान गरी सञ्चालनमा ल्याइएको छ ।

थाइल्याण्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट वत्ति जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने करिब ४ सय ५० वटा वत्ति जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने छ ।

काठमाडौं महानगरपालिका, मध्यपुरथिमि र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई बृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  २ : ५९ बजे