श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

कांग्रेसले प्रदेशमा छुट्टाछुट्टै घोषणापत्र बनाउने



काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने भएको छ ।

प्रदेश संरचना अन्तर्गत पहिलोपटक निर्वाचन घोषणापत्र बनाउन लागिएको हो । मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए ।

‘केन्द्रीय घोषणापत्र प्रमुख हुने भइ नै हाल्यो । केन्द्रीय घोषणापत्रमा प्रदेशको सार पनि राखिएको हुन्छ’, शर्माले भने, ‘प्रदेश समितिहरुले घोषणापत्र आफ्नो भौगोलिक अवस्था र सामथ्र्यको आधारमा बनाउँछन् ।’

सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ । केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरि सात जनालाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : ३४ बजे