बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

दसैंको समयमा मूल्य नबढाउन व्यावसायीहरुलाई प्रधानमन्त्री देउवाको आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धि नबढाउन आग्रह गरेका छन् । देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धि यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली,, चेम्बरबाट अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली पुगेको थियो भने साना उद्योग महासंघ र परिसंघका तर्फबाट अध्यक्षसहितको टोली पुगेको थियो । , सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समेत पुगेर छलफलमा सहभागि भएका थिए ।

दसैं र तिहारको समयमा चुस्त रूपमा बजार अनुगमन हुने भएकाले पनि समयमा नै सचेत हुन मन्त्री देउवबाले उद्योगी व्यावसायीहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : ३२ बजे