चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चको कारण देखाउ आदेश



काठमाडौं । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबारे कारण देखाउ आदेश दिएको छ ।
आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो ।

साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए । दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ४० बजे