श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

अव्यवस्थित तार हटाउन टोखा नगरपालिकाको अपिल



काठमाडौं । टोखा नगरपालिकाले अव्यवस्थित तार हटाउन अपिल गरेको छ । नगरले एक सूचना जारी गरी सेवा सम्बन्धित सेवा प्रदायकसँग यस्तो अनुरोध गरेको हो । काठमाडौंमा नेपाल टेलिकम र इन्टरनेट र इन्टरनेट सेवा प्रदायक स‌ंस्थाका तारबार यत्रतत्र छरिएका छन् ।

‘२०७९ असोज ७ गतेको समन्वयात्मक बैठक र कार्यपालिका बैठकको निर्णयानुसार भएको हुनाले सो अवधिभर इन्टरनेट सेवा केही समय अवरुद्ध हुन सक्ने व्यहोरा सबै सेवाग्राहीहरुमा अनुरोध गर्दछौं । अनावस्यक तारहरुले बिजुली सर्ट भई आगलागी हुने हुँदा सम्पूर्ण नगरबासीहरुलाई स्वच्छ र सफा नगर बनाउने अभियानलाई पूर्ण साथ दिनुहुन समेत हार्दिक अपिल गर्दछौँ,’ नगरप्रमुख प्रकाश अधिकारीले भनेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  १२ : २९ बजे