बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

काठमाडोैँ २ मा विवेकशील साझा पार्टीको उम्मेदवार कृषिविद् थापा



काठमाडौं। विवेकशील साझा पार्टीले काठमाडोैँ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उमेदवारी प्रस्तुत गरेको छ । काठमाडोैँ क्षेत्र नम्बर २ मा आज आयोजित कार्यक्रमकाबीत पार्टीका युवा नेता थापालाई उम्मेदवार घोषणा गरेको हो । थापा पिएचडी स्कलर हुन् ।

लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकुलन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका थापाले आफ्नो क्षेत्रमा उच्च छबी बनाएका छन् । पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा समेत नीतिगत योगदान पुर्याएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : १८ बजे