बैशाख १४, २०८१ शुक्रबार Sat Apr 27 2024

शताब्दी पुरुष जोशीलाई चौबिसे घण्टा नर्सिङ सेवा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीलाई चौबिसै घण्टा नर्सिङ सेवा दिने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले जानकारी दिए ।

पर्यटनमन्त्री श्रेष्ठले शुक्रबार नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका थिए । ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर उनले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका थिए । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री श्रेष्ठले प्रस्ताव गरेपछि उक्त निर्णय भएको हो ।

पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका थिए । विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मीएका जोशी उमेरले एक सय तीन वर्ष पुगिसकेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ५३ बजे