बैशाख २१, २०८१ शुक्रबार Fri May 3 2024

शनिबार अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने



काठमाडौं । शनिबार अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । उक्त रेस्लिङ प्रतियोगिता नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा हुन लागेको हो ।

शनिबार हुने अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा नेपालसहित ४ देशका १५ रेस्लिङ खेलाडीको सहभागिता रहने छ । फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका)का अनुसार सो प्रतियोगिता विजयादशमी तथा शुभदीपावलीको उपलक्ष्यमा हुन लागेको हो ।

प्रतियोगितामा नेपालबाट ११, अमेरिका र भारतबाट १–१ र पाकिस्तानबाट २ रेस्लर सहभागी हुने छन् । जम्मा ७ वटा भिडन्त हुनेछ । एकदिने प्रतियोगिता भृकुटि मण्डपमा हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : ३७ बजे