श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

अनामनगरमा बनेका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर र धोबीखोला नदी किनार क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार महानगपालिकाले डोजरसहित पुगेर अनामनगर क्षेत्रका अवैध संरचना हटाएको छ ।

महानगरले अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्साविपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो । महानगरपालिकाले केही हप्तादेखि अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको थियो । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खालसमेत महानगरले भत्काउन थालेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ४६ बजे