चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

पत्रकार महासंघले माग्यो राष्ट्रपतिको राजीनामा



काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपतिले संविधानमाथि प्रहार गरेको भन्दै राजीनामा माग गरेको छ । महासंघको बिहीबार बसेको बैठकले पारित गरेको पहिलो प्रस्तावमै राष्ट्रपतिको राजीनामा माग गरिएको छ ।

राष्ट्रपतिले संविधानमाथि नै प्रहार गरेको निष्कर्ष निकाल्दै दीर्घकालीन समाधानका लागि निकासका लागि राजीनामा दिनुपर्ने जनाएको हो । महासंघको बैठकले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्थाको उल्लंघन भएकाले विधिको शासनमाथि प्रहार भएको ठहर गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ३ : ०० बजे