बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि डोजर चलाएको छ । अस्पताल अगाडि अनधिकृत रुपमा निर्माण गरिएका टहरामा बिहीबार महानगरले डोजर चलाएको हो ।

नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले अस्पताल अगाडि बनाइएका संरचना हटाइरहेको छ । महानगरपालिकाले अवैधानिक रुपमा ती संरचना निर्माण गरिएको भन्दै हटाएको हो ।

अनधिकृत संरचना भत्काउनुअघि महानगरले एकपटक सूचना दिने गरेको छ । अनधिकृत संरचनाको पहिचान महानगरमा आउने सूचना, जनप्रतिनिधिबाट प्राप्त जानकारी, नगर प्रहरीको सूचना, आउने उजुरीहरूको आधारमा गर्ने गरिएको छ । ती संरचनाको वस्तुस्थिति बुझ्न र त्यसलाई भेरिफाई गरेपछि नगर प्रहरीले माइकिङ गर्ने गरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  २ : ५८ बजे