बैशाख ६, २०८१ बिहिबार Thu Apr 18 2024

राष्ट्रपतिविरुद्ध सत्तारुढ दलका विद्यार्थीको संयुक्त प्रदर्शन



काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

बिहीबार माइतीघर मण्डलामा गठबन्धनका संयुक्त विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध धर्ना दिँदै प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् ।

संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतीले संविधानको उल्लंघन गरेको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : ५६ बजे