चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

सिट बाँडफाँटका लागि कार्यदलसहित शीर्ष नेताको बैठक दिउँसो २ बजे बस्दै



काठमाडौं । सिट बाँडफाँटबारे छलफल वारे सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे छलफलमा ज्ट्न सकेको थिएन ।

कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने एक नेताहरुले बताए । कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाइएको हो ।

गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सहमति अझै जुटेन सकेको छैन् । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको सिट समेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधि सभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरुको भनाई छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : ५२ बजे