२ बैशाख २०८३, बुधबार Thu Apr 16 2026

रुसले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गर्‍यो, जनमतसंग्रह नक्कली : बाइडेन



काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरको आरोप लगाएका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले युक्रेनमा क्रुर र अनावश्यक युद्ध गर्दै रुसले संयुक्त राष्ट्रसंघको बडापत्रको मूल मर्म उल्लङ्घन गरेको आरोप लगाएका हुन्।

उनले रुसी आक्रमणको निन्दा गर्दै रुसले युक्रेनमा सर्वसाधारणमाथि गरेको अत्याचार डरलाग्दो भएको उल्लेख गरे।

बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्न सक्ने भन्दै दिएको धम्की गैरजिम्मेवारपूर्ण भएको बताएका छन्।

यसले आणविक हतियारहरूको अप्रसार सम्बन्धी सन्धिको हस्ताक्षरकर्ताको रूपमा आफ्नो राष्ट्रको जिम्मेवारीहरूको लागि लापर्बाही देखाएको उनको भनाइ छ।

बाइडेनले आगामी हप्ता रुस नियन्त्रित क्षेत्रमा हुन लागेको जनमतसंग्रह नक्कली भएको भन्दै आलोचना गरेका छन्।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : ११ बजे