बैशाख १, २०८१ शनिबार Sat Apr 13 2024

काठमाडौं महानगरले १० दिनभित्र राजस्व तिर्न ४१ ठूला करदातालाई पत्र काट्यो



काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैपटक ४१ वटा ठूला करदातालाई सम्पत्ति र घरबहाल कर तिर्ने निर्देशनपिहत पत्र लेखेको छ । महानगरपालिकाले विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायहरुलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन गरेको हो ।

रेडक्रम र स्काउनदेखि पेप्सी उत्पादक बरुण वेभरेज तथा रञ्जना ट्रेड सेन्टर, वर्ल्ड ट्रेड सेन्टर र सीटीसी मलसम्मलाई एकसाथ पत्राचार गरेको हो । काठमाडौंँ महानगरपालिकाले १० दिनभित्र करदाताले वडा कार्यालयमा आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकी सरह असुल गर्ने महानगरको सुचनामा उल्लेख गरिएकोृ छ ।

महानगरपालिकाका राजस्व विभाग प्रमुख डा। शिवराज अधिकारीले जानकारी दिए अनुसार जय नेपाल हल, हात्तीसार, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओ सान इन्टरनेसनल कलेज, वर्ल्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन महानगरपालिकाले पत्राचार गरेको हो ।

यस्तै बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एड्भान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न जानकारी गरेको हो ।

भीजी अटोमोबाइल्स, आर्दशनगर बिजनेस प्रालि, रञ्जना ट्रेड सेन्टर, नेपाल स्काउट, नेपाल सेन्टर फर डेभलपमेन्ट एन्ड पोलिसी स्टडिज प्रालि, नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन, स्टार होल्डिङ्स, पुण्य मेन्सन प्रालि, रिद्धिसिद्धि डेभलपर्स र वरुण वेभरेज प्रालिलाई पनि पत्राचार गरेको महानगरले जानकारी दिएको छ ।

रवीन्द्रबहादर मल्ल, सुभाषकुमार घिमिरेरसानुभाइ बखुन्छे, मसिना अमात्य, रविना श्रेष्ठ, शिशु अर्याल, यागनाथ पौडेल, प्रदीपरत्न ताम्राकाररविजयरत्न ताम्राकार, बसुन्धरा तुलाधर, पुरुषेत्तम संघइ र किरण संघलाई पनि कर तिर्नका लागि महानगरपालिकाले पत्राचार गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ४८ बजे