बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

भारतबाट ३६५ मेगावाट विजुली आयात गर्दै प्राधिकरण



काठमाडौं । आगामी हिउँदमा नेपाल विद्युत प्राधिकरणले भारतबाट ३६५ मेगावाट विजुली किन्ने तयारी गरेको छ । त्यसका लागि प्राधिकरणले प्रतिस्पर्धामार्फत बोलपत्र आह्वान गरेको छ ।

आगामी १५ मंसिरदेखि १६ जेठ २०८० सम्म भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान गरिएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हिउँदमा नेपालमा बिजुलीको मागअनुसार उत्पादन नहुने भएकाले भारतबाट आयात गर्न टेन्डर आह्वान गरेको हो । अहिले ३६४ मेगावाट बिजुली भारतथ निर्यात गरिरहेको प्राधिकरणले डिसेम्बर २०२२ देखि मे २०२३ सम्म ३६५ मेगावाट विजुली किन्न लागको हो । यस अवधिमा भारतबाट करिब ४ सय मेगावाट बराबरको बिजुली भारतबाट किन्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको बताए । मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गरिएपनि जेठपछि फेरि निर्यात सुरु उनले उनको भनाइ छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ३९ बजे