श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरपालिकाको निर्देशन



ललितपुर। ललितपुर महानगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । त्यसैगरी महानगरले फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा पनि थालेको छ ।
काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि त्यसको सिको गरेको हो ।

महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेरै अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ ।

नक्सा स्वीकृतविना मापदण्डविपरीत बनाइएका सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी, अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, सिढी लगायतका संरचना हटाउन महानगरले निर्देशन गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ०० बजे