चैत्र १०, २०७९ शुक्रबार Fri Mar 24 2023

प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन : पूर्वराष्ट्रपति



काठमाडौँ ।पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाएका छन्।

पूर्वराष्ट्रपति यादवले भने राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको बताएका हुन्।

‘संविधानको संरक्षक उहाँले संविधानको उल्लंघन गर्नुभयो। प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन’, उनले भने, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन। उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ।’

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : ४९ बजे