मंसिर १८, २०८० सोमबार Mon Dec 4 2023

राष्ट्रपतिको निर्णय राष्ट्र हितमा छ, संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय राष्ट्रहित अनुकूल रहेको बताएका छन् ।

थापाले प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निणर्य स्वभाविक रहेको बताएका हुन् । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले राष्ट्रपति भण्डारीले संविधान संरक्षकको जिम्मेवारी निर्वाह गरेको बताएका छन् ।

प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ।राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ।संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : ४७ बजे