चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

अनेरास्ववियु रामेछाप–काठमाडौं सम्पर्क मञ्च अध्यक्षमा अनिल बोहरा निर्वाचित



काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको १५औँ सम्मेलन सम्पन्न भएको छ । मञ्चको १५ औँ सम्मेलनले अध्यक्षमा अनिल बोहरा निर्वाचित गरेको हो । त्यसैगरी मञ्चको उपाध्यक्षद्वयमा राजकुमार भण्डारी र सुजन ढुङ्गेललाई निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा फुर्वा छिरिङ शेर्पा निर्वाचित भएका छन् । उता सह–सचिवमा भने क्रमशः पशुपति भण्डारी, सञ्जु शेर्पा, सिताराम पाण्डे र रमेश बिक चयन छानिएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुवास खड्का सर्वसम्मत चयन भएका हुन् ।

कार्यक्रम नेकपा एमाले केन्द्रीय सदस्य एवं अनेरास्ववियु इञ्चार्ज माधव ढुंगेलको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो । कार्यक्रममा अनेरास्ववियुका महासचिव समिक बडाल, राष्ट्रिय युवा संंघ नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीलगायतको उपस्थिति थियो । उनीहरुले कार्यक्रम बोल्दै आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : ३५ बजे