कठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाउनृे भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले कांग्रेस समानुपातिक तर्फका उम्मेदवारको सूची तय गर्ने गृहकार्यमा जुटेको छ ।
प्रदेशगत रुपमा बालुवाटारभित्र विभिन्न सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको शर्माले जानकारी दिए । कांग्रेस संसदीय समितिका सदस्यको आमन्त्रणमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी सिहभागि भएका छन् ।
अहिले उनीहरुले आ–आफ्नो गृह प्रदेशका समानुपातिक उम्मेदवारको सूची बनाउने कार्यमा जुटेका छन् ।