श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

विज्ञापन बोर्ड सदस्यमा अधिकारी



काठमाडौँ । विज्ञापन बोर्डको सदस्यमा पवन अधिकारी नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय बैठकको निर्णयले अधिकारीलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले आइतबार अधिकारीलाई सदस्यमा नियुक्त गरिएका हुन् । भदौ ३१ गतेको मन्त्रीस्तरीय निर्णयले चार वर्षका लागि विज्ञापन वोर्ड ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरिएको हो ।

अधिकारी हाल नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष र नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्ष रहेका छन् । झण्डै दुई दशक लामो पत्रकारिता अनुभव बटुलेका उनीसँग एक दशकयता विज्ञापन क्षेत्रमासमेत काम अनुभव छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ३९ बजे