कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

नेपाल टेलिकमको संविधान दिवस अफर



काठमाडौं । नेपाल टेलिकमले असोज ३ गते मनाईने संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ संचालनमा ल्याउने भएको छ । सो अफरमा ग्राहकहरुले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक लिन सक्नेछन् । प्याकेज अफर असोज २ गतेदेखि ४ गतेसम्म लागू हुनेछ ।

अफरमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक ९८ रुपियाँसम्मा किन्न सकिने छ । २४ घण्टासम्म प्रयोगमा आउने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक उक्त अफरमा रहेको छ ।

त्यसैगरी ग्राहकले १० दिनसम्म प्रयोग गर्न मिल्ने २० जीबी डाटा प्याक जम्मा २ सय ९४ रुपियाँमा खरिद गर्न सक्नेछन् । असोज ४ गतेसम्म आफ्नो मोवाइलबाट स्टार १४१५ ह्याज डायल गरी अथवा नेपाल टेलिकमको एपबाट पनि उक्त अफर किन्न सकिने नेपाल टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ३७ बजे