श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला उम्मेदवार बनाउन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको छ ।

भदौ ३१ गतेको आयोगको निर्णयअनुसार दलहरूलाई यस्तो निर्देशन गरेको हो ।

‘नेपालको संविधानको धारा ३८ को उपधारा (४) , धारा ४२ र धारा ४७ को मर्मबमोजिम यस्तो निर्णय गरेको आयोगले जनाएको छ ।

जसअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला लक्षित गरी मनोनयन दर्ता गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन गरिएको हो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : २७ बजे