बैशाख १२, २०८१ बुधबार Thu Apr 25 2024

‘तिमीसँगै हुन’ बोलको गीत सार्वजनिक



काठमाडौं । नेपाली सांगीतिक फाटमा ‘तिमीसँगै हुन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका मिलन नेवार र गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको स्वर सजिएको छ ।

‘तिमीसँगै हुन’ मा गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको शब्द रहेको छ । गीतमा गायक भण्डारीले नै संगीत भरेका छन् । गीतमा संगीत संयोजन सञ्जिव बराइलीको रहेको छ । यसको भिडियो निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् ।

उत्सव दाहालको छायाङ्कन रहेको भिडियोको बिष्णु खड्काले सम्पादन गरेका हुन् । गायक भण्डारीका यस अगाडि थुप्रै गीत सार्वजनिक भइसकेका छन् । यसरी सार्वजनिक भएका उनका गीतहरु दर्शक, स्रोताका रोजाइमा पर्दै आएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ३९ बजे