चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

नेपालकी दन्त चिकित्सक डा. थापा अन्तर्राष्ट्रिय अवार्डद्वारा पुरस्कृत



काठमाडौं । नेपालकी एक वरिष्ठ चिकित्स अन्तर्राष्ट्रिय अवाडमार्फत परस्कृत भएकी छन् । चितवन स्थायी घर भएकी बरिष्ठ दन्त चिकित्सक डा. सरु थापा न्यौपानेलाई इन्टरनेशनल अवार्ड अफ एक्सिलेन्स इन डेण्टिष्ट्रीद्वारा भारतको चेन्नाईमा भएको एक कार्यक्रममा पुरस्कृत गरिएको हो ।

उनलाई विपन्न क्षेत्रमा र विपदको समयमा उत्कृष्ट सामाजिक सेवा गरेबापत अन्तर्राष्ट्रिय अवार्डसहित पुरस्कृत गरिएको छ । यस अवार्डलाई ‘दन्त चिकित्साको ओस्कार अवार्ड’ भनिन्छ । डा. थापाले वेष्ट डेण्टल च्यारिटी अवार्डबाट पुरस्कृत हुन पाउँदा हर्षित भएको बताएकी छन् । उनले उक्त सम्मान आफ्नो मात्रै नभएर सम्पूर्ण नेपालीको सम्मान भएको बताइन् ।

गत वर्ष विश्व दन्त परिषदले डा. थापालाई उत्कृष्ट प्रेरणादायी महिला चिकित्सक घोषणा गरेको हो । नेपाल दन्त चिकित्सक संघको भोटिङका आधारमा सर्वाधिक मत ल्याउने डा. सरुलाई संघले नेपालको प्रतिनिधित्व गरेर पठाएको थियो । दन्त चिकित्सामा बिरामीलाई गुणस्तरीय सेवा, सामाजिक अभियानको सक्रियताको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो । त्यसबेला विश्वका १३३ बढी राष्ट्रहरू सदस्य राष्ट्रहरूबाट उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

डा. थापा सामाजिक अभियानमा पनि सक्रिय छन् । विकट बस्तीमा स्वास्थ्य शिविरको साथै राहत वितरण गर्दै आएकी छन् । पहाडी भेगमा रहेका चेपाङ बस्तीका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्दै आएकी छन् । उनी विगत १६ वर्षदेखि दन्त चिकित्सा सेवामा क्रियाशील छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ३७ बजे