बैशाख १४, २०८१ शुक्रबार Sat Apr 27 2024

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी



काठमाडौं ।महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्नेछ । महाअभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले आजको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताएका छन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रुप दिइने बताए । उनले प्रधानन्यायाधीश जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समिति सदस्यहरूले त्यसलाई हेरिरहेको जानकारी दिए ।

जबराको सम्पत्ति विवरणको सम्बन्धमा आज प्रतिवेदन लेखनका क्रममा छलफल हुने पनि उनले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : १२ बजे