चैत्र १५, २०८० बिहिबार Fri Mar 29 2024

महासंघले मिलायो डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था



काठमाडौ । नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाएको छ ।

‘काठमाडौं उपत्यकामा क्रियाशील सयौँ पत्रकार डेंगु महामारीको चपेटामा पर्नु भएको छ । कतिपय अस्पतालमा बेड नपाउने समस्या भएकाले भर्ना हुनुपर्ने अवस्थाका पत्रकारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्जमा भर्ना भइ उपचार गर्ने व्यवस्था मिलाइएको छ,’ महासंघले आज एक सूचना प्रकाशित गरी भनेको छ ।

त्यस्तै पत्रकारले महाराजगन्जकै मेदान्त पोलिक्लिनिकमा गएर समेत डेंगुको निःशुल्क परीक्षण गर्न सकिने महासंघले जनाएको छ ।

‘परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ,’ महासंघले भनेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ३३ बजे