बैशाख ४, २०८१ मंगलबार Wed Apr 17 2024

प्रधानमन्त्री देउवाद्वारा नवौं खेलकुदको रनिङ्ग ट्रफी सार्वजनिक



काठमाडौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ्ग ट्रफी सार्वजनिक गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक भएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री र राखेप सदस्य सचिवको उपस्थित रहेको थियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने तालिका छ । नवौं खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : ३२ बजे