चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

प्रतिनिधि सभाको बैठक बस्दै, बिमा विधेयक पेस हुँदै



काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज (शुक्रबार) पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ ।

‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७र०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : ५२ बजे