३१ असार २०८३, बुधबार Wed Jul 15 2026

भारतमा दुई किशोरीको बलात्कारपछि बीभत्स हत्या



काठमाडौं।भारतमा दुई किशोरीको बलात्कारपछि बीभत्स रुपमा हत्या गरिएको छ।

उत्तर प्रदेश स्थित लखिमपुर जिल्लाका १५ र १७ वर्षीया बालिकाको बलात्कार पछि घर नजिकैको रुखमा झुन्ड्याएर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। एकै घरका दुई दिदीबहिनीको उखुबारीमा बलात्कारपछि घिसारेर घाँटी थिचेर हत्या गरेको पोष्टमार्टम परीक्षणबाट पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ।

आत्महत्या जस्तो देखाउन बलात्कारीले बालिकाको शब रुखमा झुण्ड्याएको प्रहरीले जनाएको छ। एउटै गाउँका पुरुषले युवतीसँग चिनजान भएपछि संगै घुम्न गएको र विवाहको प्रस्ताव स्वीकार नगरेपछि बलात्कार पछि सलले घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।

जबरजस्ती करणी पछि हत्या र हत्यालाई ढाकछोप गर्न सहयोग गरेको अभियोगमा प्रहरीले परिवारका छिमेकीसहित ६ जनालाई पक्राउ गरेको छ।

घटनापछि स्थानीयले सरकारबिरुद्ध चर्को विरोध गरेको छ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  १० : ४१ बजे