श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

जबरालाई आज पुरक प्रश्न सोधिंदै, सम्पति विवरण पनि झिकाइयो



काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज (शुक्रबार) पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान लिने भएको छ । समितिको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ ।

बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए । जबराको बयानमा जोडिएका कानुन व्यवसायीसँग बिहीबार बयान लिएको समितिले साथसाथै प्रतिवेदन लेखन पनि अगाडि बढाएको छ ।

महाभियोगमा जोडिएको सम्पत्तिसम्बन्धी विषयमा समितिले न्यायपरिषद्बाट जबराको सम्पत्ति विवरण झिकाएको छ । शुक्रबार साँझसम्म प्रतिवेदन तयार पारेर शनिबार प्रतिनिधिसभामा पेस गरिने समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : ३८ बजे