१ बैशाख २०८३, मंगलबार Tue Apr 14 2026

स्वरोजगार श्रमिकका लागि निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्नैपर्छ : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्न माग गरेका छन् ।

काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने मृत प्राय बनेका नदीलाई पुनजीवन दिने मेयर बालेन साहका पहल प्रशंसनीय रहेको बताए । फुटपाथ पनि व्यवस्थित गर्नुपर्ने बताए ।

उनले संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुने बताउँदै निश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्न माग गरे ।

उनले सामाजिक सञ्जाल टीट्वरमा ट्वीट गर्दै लेखेका छन्,‘काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने, मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेनसाहका पहल प्रशंसनीय छन् फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ।तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्अतःनिश्चित ठाउँ रसमय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ । ’

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  १० : ३६ बजे