चैत्र १६, २०८० शुक्रबार Fri Mar 29 2024

श्री कालिका माध्यामिक विद्यालयको २७ औं वार्षिकोत्सव सम्पन्न



कमलबहादुर बोहरा

काठमाडौं । श्री कालिका माध्यामिक विद्यालयको २७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले गत भदौ २९ गते स्थापनाकालको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको हो। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ६, अजिङ्गरेमा रहेको श्री कालिका माध्यामिक विद्यालय जिल्लाकै नमुना मानिन्छ ।

राष्ट्रिय बालदिवसको अवसरमा सम्पन्न विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विद्यालयसँग सम्बन्धित सबै तह, तप्का, वर्ग समुदाय, शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, व्यापारी, वुद्धिजीवी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाको उपस्थिति रहेको थियो । जिल्लाकै नमुना मानिएको यस श्री कालिका माध्यामिक विद्यालयलाई अझ सवल, सक्षम र उत्कृष्ट बनाउन आफूहरु लागिपरेको विद्यालयका प्रधानाध्यापक चक्र विष्टले स्पष्ट पारेका थिए ।

विष्टले मोहन्यालको नमुना विद्यालयलाई अझै अग्रणी बनाउन सबैको साथ, सहयोग र समर्थन आवश्यक रहेको पनि प्रष्ट पारेका थिए । पठनपाठन उत्कृष्ट हुनुको साथै अतिरिक्त क्रियाकलापमा पनि त्यत्तिकै अब्बल र अग्रणी रहेको विद्यालयको दावी छ । त्यसैगरी खेलकुदमा पनि पालिकाकै उत्कृष्ट रहेको र क्षत्रीय खेलाडी उत्पादन गर्न विद्यालयले महत्वपूर्ण भूमिका खेलेकोप्रति खुसी व्यक्त गरिएको थियो। विद्यालयका प्रधानाध्यापक विष्टले विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि त्यत्तिकै महत्वपूर्ण योगदान गरेको बताइएको छ ।

्उक्त वार्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिको थियो । त्यसैगरी विभिन्न उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो । त्यस्तै दलित छात्रवृत्ति कार्यक्रमको साथै अभिभावक सम्मान पनि गरिएको थियो । त्यसैगरी शिक्षकहरुलाई पनि सम्मान गरिएको जनाइएको छ । अन्त्यमा विद्यालयको आयव्ययको विवरण पनि प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा प्रस्तुतिसँगै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरी कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ७ : ३७ बजे