बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

नगरपालिकाद्वारा कृषकहरूलाई तरकारीको बिउविजन वितरण



अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले कृषकहरूलाई हिउँदे तरकारी बालीका उन्नत तथा हाईब्रिड जातका बिउ वितरण गरेको छ।

कृषका मागअनुसार नगरपालिका भित्रको कृषि शाखाले ५० प्रतिशत अनुदानमा बन्दा, काउली, ब्रो काउली, केराउ, मुला लगायतका तरकारीका बिउ वितरण सुरु गरेको छ ।

बिउ वितरण गर्दै नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले व्यवसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूलाई नगरपालिकाले सहयोग गर्ने उल्लेख गरेका छन् ।

नगर उपप्रमुख मिश्रा आचार्यले नगरपालिकाले कृषकमुखी कार्यक्रम सञ्चालन गरेको बताउँदै व्यवसायिक र बेमौसमी तरकारी उत्पादनमा लाग्न सबै कृषकहरूलाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ४ : ३७ बजे