फाल्गुन ९, २०८० बुधबार Wed Feb 21 2024

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै व्यापारीहरु आन्दोलनतिर



काठमाडौं । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमालेनिकट मजदुर संगठन जिफन्टआवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ ।

उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  २ : ०८ बजे