चैत्र १५, २०८० बिहिबार Thu Mar 28 2024

संसदको दुबै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज (बिहीबार) पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ८ : ५८ बजे