२७ असार २०८३, शनिबार Sun Jul 12 2026

समाजवादी प्रेस संगठनका अध्यक्ष तथा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ अमेरिका प्रस्थान



काठमाडौं । समाजवादी प्रेस संगठनका अध्यक्ष तथा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ अमेरिका भ्रमणमा निस्किएका छन् । उनी दुई महिने व्यक्तिगत भ्रमणका लागि मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट समानुपातिक उम्मेदवारका रुपमा प्रस्तावित उनले चुनावी सन्दर्भमा देशभरिको सम्पूर्ण सांगठानिक कमाण्ड सम्हाल्ने गरी संगठनका कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीलाई सुम्पिएका छन् ।

मंगलबार नै संगठनको सचिवालय बैठक बोलाई चुनावी योजना तथा सांगठानिक कामलाई अगाडि बढाउन आफूले निर्देशन दिएको भन्दै श्रेष्ठले कात्तिक अन्तिम साता मात्रै आफू स्वदेश फर्किने बताएका छन् । अमेरिकामा अध्ययनरत छोरीको निमन्त्रणामा उनी पत्नीसहित मंगलबार बिहानको उडानबाट अमेरिका भ्रमणको यात्रा यत गरेका हुन् ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  १२ : ०८ बजे