जेष्ठ १, २०८१ मंगलबार Tue May 14 2024

श्री कालिका माध्यामिक विद्यालयको २७ औं वार्षिकोत्सव भदौ २९ गते मनाइँदै



कमलबहादुर बोहरा

काठमाडौं । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ६, अजिङ्गरेमा रहेको श्री कालिका माध्यामिक विद्यालय जिल्लाकै नमुना मानिन्छ । उक्त विद्यालयले यही भदौ २९ गते स्थापनाकालको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाउने भएको छ ।

राष्ट्रिय बालदिवसको अवसर पारेर भव्य रुपमा मनाउन लागिएको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उपस्थित भइ स्वभा बढाइदिनुहुन विद्यालयसँग सम्बन्धित सबै तह, तप्का, वर्ग समुदाय, शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, व्यापारी, वुद्धिजीवी, अभिभावक तथा सम्पूर्ण सरोकारवाला समक्ष हार्दिक अनुरोध समेत गरिएको छ । जिल्लाकै नमुना मानिएको यस श्री कालिका माध्यामिक विद्यालयलाई अझ सवल, सक्षम र उत्कृष्ट बनाउन आफूहरु लागिपरेको विद्यालयका प्रधानाध्यापक चक्र विष्टले जोड दिएका छन् ।

विष्टले मोहन्यालको नमुना विद्यालयलाई अझै अग्रणी बनाउन सबैको साथ, सहयोग र समर्थन आवश्यक रहेको बताए । पठनपाठन उत्कृष्ट हुनुको साथै अतिरिक्त क्रियाकलापमा पनि अग्रणी रहेको छ । त्यसैगरी खेलकुदमा पनि पालिकाकै उत्कृष्ट रहेको र क्षत्रीय खेलाडी उत्पादन गर्न समेत यस विद्यालयले महत्वपूर्ण भूमिका रहेको प्रस्ट पारे । विद्यालयका प्रधानाध्यापक विष्टले विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि त्यत्तिकै महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने बताइएको छ । त्यसैगरी विभिन्न उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणको कार्यक्रम रहेको छ । त्यस्तै दलित छात्रवृत्ति कार्यक्रमको साथै अभिभावक सम्मानको कार्यक्रम पनि राखिएको छ । त्यसैगरी शिक्षकहरुलाई पनि सम्मान कार्यक्रम राखिएको जनाइएको छ । अन्त्यमा विद्यालयको आयव्ययको विवरण पनि प्रस्तुत गरिने छ । सांस्कृतिक कार्यक्रममा प्रस्तुतिसँगै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरी कार्यक्रम सम्पन्न गरिने जनाइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ४७ बजे