काठमाडौं । नेपाली कांग्रेसले कैलाली–२ बाट प्रतिनिधिसभा समानुपातिकको सूचीमा डा. जितेन्द्र उपाध्यायको नाम सिफारिस गरेको छ ।
नेपाली जनसम्पर्क समिति क्यानडाका उपसभापति एवं कांग्रेस महासमिति सदस्यसमेत रहेका उपाध्यायको नाम समानुपातिकतर्फ सिफारिस गरिएको गरेको हो। क्यानडामा विश्वविद्यालयमा अध्यापन गराउँदै आएका उपाध्याय युवा बैज्ञानिकसमेत हुन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिका विषयमा चासो राख्ने बौद्धिक युवा नेता उपाध्यायको नाम संघीय संसदको समानुपातिक सूचीमा राखिएको छ । उनीसहित कैलाली–२ बाट जनकबहादुर बम, रीता मुडभरी, सुमन सञ्जेल, बलबहादुर विष्ट र लोकबहादुर महतोको नाम प्रदेशमा पठाइएको कैलाली कांग्रेसले जनाएको छ ।
युवा बैज्ञानिक उपाध्याय हालै विश्व जेसिसको सूचीमा १०० बढी मुलुकका २०० युवामध्येबाट उत्कृष्ट ३० युवामा छनोट भएका थिए ।
नेपाली जनसम्पर्क समिति क्यानाडाका अध्यक्ष बुद्धिप्रकाश वलीले उपाध्याय संघीय संसदमा समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएकोमा खुसी व्यक्त गरे । उनले युवा नेता उपाध्यायको नाम समानुपातिकको बन्द सूचीमा राख्न पनि कांग्रेसलाई आग्रह गरेका छन् ।