२७ असार २०८३, शनिबार Sat Jul 11 2026

ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ



जनकपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन्। सोमबार जनकपुरधामको तिरहुतिया गाछिस्थित आमसभालाई सम्बोधन गर्न जाने बेलामा कालो झण्डा देखाउने तयारी गरेका युवालाई नियन्त्रणमा लिइएको धनुषामा प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

नागरिकता विधेयकमा ओलीले असन्तुष्टि जनाएको भन्दै कालो झण्डा देखाउने योजना बनाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ४ : ३१ बजे