बैशाख १३, २०८१ बिहिबार Thu Apr 25 2024

आसन्न निर्वाचनका लागि १३० मतदान स्थल थपिँदै



काठमाडौँ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि देशैभर १३० वटा मतदान स्थल थपिने भएका छन् ।

स्थानीय निर्वाचनको बेला कायम रहेका १० हजार ७५८ मतदान स्थललाई बढाई सो संख्या १० हजार ८८८ पुर्याउन लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । यो गत स्थानीय निर्वाचन भन्दा १३० ले बढी हो ।

स्थानीय निर्वाचनमा मतदान स्थल टाढा भएको भन्दै गुनासो आएपछि सो को व्यवस्थापनका लागि मतदान स्थल थप गरिन लागिएको उनले बताए ।

त्यस्तै, उनले मतदान केन्द्र तय हुन बाँकी रहेको भएपनि अनुमानित २२ हजार मतदान केन्द्र रहने जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ०३ बजे